सराङ्गकोट बहुउद्धेश्यीय सहकारी संंस्थाको १८ औँ वार्षिकउत्सव

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

पोखरा । सराङ्गकोट बहुउद्धेश्यीय सहकारी संस्थाको १८ औँ वार्षिक उत्सवको अवसरमा खुल्ला रक्तदान कार्यक्रम गरिएको छ ।

सहकारी संस्थाले वार्षिक उत्सवसङ्गै मानवीय सामाजिक उत्तरदायित्वका लागि हरेक वर्ष रक्तदान सहित विविध सामाजिक कार्यहरु गर्दै आएको सो संस्थाका अध्यक्ष कृष्ण बहादुर थापाले बताए ।

रोटरी क्लब अफ पोखरा लेकसाइड र लायन्स क्लब पोखरा दर्पण्को सहकार्यमा रक्तसंचार केन्द्रको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ३३ यूनिट रगत सङ्कलन भएको थियो ।

सो कार्यक्रमको शुभारम्भ गर्दै सस्थाका सल्लाहाकार, पूर्व जनस्वास्थ्य प्रमुख सोभियत बहादुर अधिकारीले, पहिलो रक्तदाता रोटरी क्लब लेकसाइडका अध्यक्ष उपेन्द्र अधिकारी लाई ब्लड ब्याग हस्तान्तरण गरेका थिए ।

रक्तदानको महत्व सङ्गै सहकारी मार्फत भएका रचनात्मक कार्यले समाजमा सकरात्मक एकताको सन्देश दिएको अधिकारीले बताए ।

कार्यक्रममा रक्तसञ्चार केन्द्रका प्रमुख महेन्द्र के.सी., रोटरी क्लब लेकसाइडका पूर्व अध्यक्षहरु अर्जुन खनाल, राजेन्द्र लिगल, शोभाकान्त सिग्देल, डा. विर बहादुर कार्की, लायन्स क्लब ३२५ एल.रक्तसञ्चार प्रमुख जितेन्द्रमान शाक्य, जोन प्रमुख महेन्द्र पौडेल, पोखरा दर्पणका कार्यबाहक अध्यक्ष पदमलाल अधिकारी, सामुदायिक रेडियो प्रसारक संघ गण्डकीका कोषाध्यक्ष तिर्थ के.सी. लगाएतले आ आफ्नो धारणा राखेका थिए ।

सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर थापाको सभापतित्त्वमा भएको कार्यक्रममा सचिव कुलप्रसाद सुवेदी, व्यवस्थापक सुरेन्द्र थापा, सञ्चालक तारादेवी थापा, रोटरी कार्यक्रम संयोजक राजकुमार अर्याल लगाएतले कार्यक्रममा आ–आफ्नो भनाई राखेका थिए ।

वि.सं. २०६३ मा स्थापित सहकारीले सामुदायिक रेडियो सराङ्गकोटको सञ्चालन सङ्गै बचत तथा ऋण मार्फत गएको वर्ष २ अर्व ३४ करोडको कुल कारोबार सङ्गै ४४ करोड कर्जा लगानी रहेको छ ।

IME Lifesidebar
kumari