citizens life insurance long ad

समस्याग्रस्त सहकारीका सवारी नबुझाए घरजग्गा र बैंक खाता रोक्का

prabhu mahalaxmi
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषणा गरिएका सहकारी तथा ती सहकारीले लगानी गरेका वा सञ्चालन गरेका संस्थाको नाममा दर्ता भएका सवारी साधन तत्काल बुझाउन निर्देशन दिएको छ ।

समितिले सम्बन्धित सहकारीको नाममा दर्ता भएका सबै प्रकारका सवारी साधन जहाँ र जुन अवस्थामा छन्, सोही अवस्थामा समितिको कार्यालय, बबरमहलमा ल्याई बुझाउन निर्देशन दिएको हो । सवारी साधन व्यक्तिगत वा अन्य प्रयोजनमा प्रयोग भइरहेको भए पनि तत्काल बुझाउन समितिले भनेको छ ।

नेपाल सरकारबाट समस्याग्रस्त घोषणा गरिएका संघ तथा संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीसम्बन्धी जिम्मेवारी सहकारी ऐन, २०७४ को दफा १०५ अनुसार गठित समितिको रहेको जनाएको छ ।

तोकिएको निर्देशन पालना नगरे सहकारी ऐन, २०७४ को दफा १०६ बमोजिम सवारी साधन प्रयोगकर्ता वा सम्बन्धित व्यक्ति तथा संस्थाको नाममा रहेको घरजग्गा, बैंक खाता तथा लकर र राहदानीसमेत रोक्का राखी प्रचलित कानुनबमोजिम आवश्यक कारबाही गरिने समितिले चेतावनी दिएको छ ।

समितिका अनुसार स्टाण्डर्ड सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ, प्यासिफिक सेभिङ एन्ड इन्भेस्टमेन्ट को–अपरेटिभ, सोसाइटल बचत तथा ऋण सहकारी संस्था, प्रभु बचत तथा ऋण सहकारी संस्था, लुः निभा बहुउद्देश्यीय सहकारी संस्था, ओरेण्टल को–अपरेटिभ, कञ्जुमर बचत तथा ऋण सहकारी संस्था, कोहिनुर हिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ, भेगास बचत तथा ऋण सहकारी संस्था, पशुपति सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ, तुलसी बहुमुखी सहकारी संस्था र शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था समस्याग्रस्त घोषणा भएका सहकारी छन् ।

यस्तै, हाम्रो नयाँ कृषि सहकारी संस्था, कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था, कान्तिपुर सेभिङ एन्ड क्रेडिट सहकारी संस्था, लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था, गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था, गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी संस्था र नेपाल सहकारी वित्तीय संस्था रहेका छन् ।

आईडल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थामा समाहित संस्थाहरूमा घेदुङ बहुउद्देश्यीय सहकारी संस्था, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी संस्था, आईडल यमुना बहुउद्देश्यीय सहकारी संस्था, तपाईँ हाम्रो बहुउद्देश्यीय सहकारी संस्था र हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्था रहेका छन् ।

IME Lifesidebar
kumari