citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

देशभर ५०० वटा सहकारी समस्यामा छन् : महासंघ

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौँ । राष्ट्रिय सहकारी महासंघले देशभर ५०० वटा सहकारीमा मात्रै समस्या आएको दाबी गरेको छ ।  महासंघका अनुसार ३० हजार प्राथमिक सहकारीमध्ये ५०० मा मात्रै समस्या देखिएको हो ।

महिला आर्थिक पत्रकार संघ (फेजा)सँगको भेटमा महासंघका पूर्वअध्यक्ष केशव बडालले सहकारीको दर्शन विपरीत चलेको १०० वटा सहकारी र बाँकी ४०० सहकारी र कम्पनी छुट्याउन नजान्दा समस्यामा रहेको बताए ।

बडालका अनुसार यो भनेको १।५ प्रतिशत सहकारीमा मात्र समस्या देखिएको हो । महासंघकी अध्यक्ष ओमदेवी मल्लले पनि थोरैमात्र सहकारीमा समस्या भएको दाबी गरिन् । उनका अनुसार सबैभन्दा बढी महिला आबद्ध भएको क्षेत्र पनि सहकारी हो ।

कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा सरकारीको ५ प्रतिशत योगदान रहेको बताउँदै उनले १ लाखभन्दा बढीले सहकारीमा प्रत्यक्ष र १२ लाखभन्दा बढीले अप्रत्यक्ष रोजगारी पाएको जानकारी दिइन् ।

himalayan life insurance
igi long