evrest bank
stcnepal long ad
national life
global bank
nabil bank

तुलसी सहकारीका अध्यक्ष केदारनाथ शर्मालाई थुनामा पठाउन आदेश

Prabhu Insurance Long Ad
global bank

विराटनगर । तुलसी बहुमुखी सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मालाई थुनामा पठाउन अदालतले आदेश दिएको छ ।

शर्मामाथि सहकारी संस्थाको रकम हिनामिना गरेको आरोप छ । यससम्बन्धी मुद्दामा फरार शर्मालाई प्रहरीले शुक्रबार मोरङ जिल्ला अदालतमा उपस्थित गराएको थियो ।

जिल्ला  अदालत मोरङका  न्यायाधीश राजेश्वर अर्यालले शर्मालाई थुनामा पठाउन आदेश दिएका हुन् । अदालतका सूचना अधिकारी ओम सुवेदीले प्रहरीले ठगी सम्बन्धी मुद्दामा शर्मालाई शुक्रबार अदालतमा उपस्थित गराएको जानकारी दिए ।

शर्मालाई मोरङपछि कैलाली र त्यसपछि दाङ पठाइने छ । त्यहाँ पनि ठगी सम्बन्धी मुद्दा छ । शर्माले सञ्चालन गरेको सहकारीबाट सयौ बचतकर्ताले आफूहरू ठगीमा परेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका थिए । विराटनगरस्थित कार्यालय गत फागुनदेखि नै बन्द बन्छ ।

विराटनगरमा मुख्य कार्यालय रहेको सहभागीले २१ हजार बचतकर्ताको करिड डेढ अर्ब रुपैयाँ अपचलन गरी फरार रहेको अरोप छ ।

ठगी सम्बन्धी मुद्दामा सहकारी उपाध्यक्ष अनिता गौतम, सचिव सविना न्यौपाने र क्षेत्रीय प्रबन्धक मन्दिप खवास पूर्पक्षका लागि थुनामा छने । सहकारीले झापाको दमक, उदयपुरको गाईघाट र सिराहाको गोलबजारमा पनि शाखा कार्यालय सञ्चालन गरी बचत संकलन गरेको थियो ।

igi long
himalayan life insurance long ad