citizens life insurance long ad
stcnepal long ad
national life

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सले ग्राउन्ड ह्याण्डलिङ सेवामा पाएको एकाधिकार खोसिए

Prabhu Insurance Long Ad

काठमाडौँ । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सले ग्राउन्ड ह्याण्डलिङ सेवामा पाएको एकाधिकार खोसिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले सेवा शुल्क नियमावली २०७८ को नियम ५ ९२० बमोजिम भूमिस्थ प्रबन्ध सेवा प्रतिस्पर्धाका माध्यमबाट छनोट भएको संस्था मार्फत गराउने निर्णय गरेको हो ।

यससँगै प्रतिस्पर्धामा छनोट हुन नसके नेपाल वायुसेवा निगम (नेवानि) को आम्दानीको लाइफलाइन मानिने यो सेवा बन्द हुनेछ । अहिलेसम्म विना प्रतिस्पर्धा नेपाल एयरलाइन्सले यो सेवा लिइरहेको थियो ।

यसअघि प्राधिकरणले बिहीबार मात्र युरोपेली युनियनको कालोसूचीमा नेपाल दोहोरिनुको एक कारण नेवानिभित्रको कमजोर व्यवस्थापन भएको बताएको थियो ।

himalayan life insurance
igi long