stcnepal long ad
ime life insurance
national life
global ime bank long

आजदेखि कुमारी क्यापिटलको सुनौलो लगानी योजना बिक्री खुला

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । आज चैत ९ गतेदेखि कुमारी क्यापिटलले  कुमारी सुनौलो लगानी योजना निष्काशन तथा बिक्री खुला गरेको छ । क्यापिटलले १ अर्ब रुपैयाँ बराबरको प्रतिइकाई १० रुपैयाँका दरले १० करोड इकाई बिक्री खुला गरेको हो । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने यो फण्ड खुलामुखि योजना हो ।

क्यापिटलले १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई कोष प्रवद्र्धक कुमारी बैंकलाई सुरक्षित राखी प्रथम पटक सार्वजनिक निष्काशन मार्फत ३५ करोड रुपैयाँ बराबरको ३ करोड ५० लाख इकाई सार्वजनिक रुपमा निष्काशन गर्नेछ ।

साथै, क्यापिटलले प्रथम चरणमा ५० करोड रुपैयाँको ५ करोड इकाई बिक्री गरेको हो । इकाई योजना व्यवस्थापकले तोकेको वितरक मार्फत निरन्तर खरिद बिक्रीको लागि खुल्ला गर्नेछ ।

क्यापिटलको उक्त फण्डमा लगानीकर्ताले छिटोमा चैत १३ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त अवधिमा पूर्ण आवेदन नपरेमा चैत २३ गतेसम्म आवेदन दिने समय लम्बिनेछ ।

फण्डमा लगानीकर्ताले  न्यूनतम १ सय इकाईदेखि अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् ।

क्यापिटलको फण्ड निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

IME Lifesidebar
kumari