sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

सीएनआईको वरिष्ठ उपाध्यक्षमा राजेशकुमार अग्रवाल चयन, अब स्वतः अध्यक्ष बन्ने

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) को वरिष्ठ उपाध्यक्षमा राजेशकुमार अग्रवाल चयन भएका छन । सीएनआईको गभर्निङ काउन्सिल बैठकले अग्रवाललाई वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

सीएनआईयमा नयाँ अध्यक्ष चयन भएको १ वर्षमा वरिष्ठ उपाध्यक्ष चयन गर्ने चलन रहेपनि हालसम्म त्यतिकै रोकिएको थियो । तर, नयाँ अध्यक्ष आउन केही महिनामात्रै बाँकी रहँदा अग्रवालाई वरिष्ठ उपाध्यक्षमा चयन गरेको हो ।

सीएनआईमा वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्था छ । जस अनुसार हालका अध्यक्ष विष्णुकुमार अग्रवाल पछि राजेश अग्रवाल स्वतः सीएनआईको अध्यक्ष हुनेछन् ।

विष्णु अग्रवालको दुई वर्षे कार्यकाल आगामी साउनका सकिँदै छ । उनीपछि राजेश अग्रवालले सीएनआईको कमाण्ड सम्हाल्नेछन् ।

आरएमसी ग्रूपका कार्यकारी निर्देशक अग्रवालको सिमेन्ट, डन्डी, फलाम, खाद्यान्न, बैंक, बीमालगायतका क्षेत्रमा लगानी रहेको छ ।

gold
kumari bank
nawakantipur long