stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

प्रभु क्यापिटलको चाडपर्व अफर सुरु, मोबाइल एप डाउनलोड गर्नेले एक लाखसम्म जित्न सक्ने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु क्यापिटलले चाडवाडको सुरुवात सँगै चाडपर्व अफर “प्रभु क्यापिटल CASHTIVAL अफर” सार्वजनिक गरेको छ ।

प्रभु क्यापिटलले आफ्नो हितग्राही सदस्यका लागि यही साउन महिनादेखि शुरु भएको चाडपर्वलाई लक्षित गर्दै यस्तो योजना ल्याएको हो । यो योजना साउन महिना देखि कार्तिक महिनाको छठ पर्व सम्म सञ्चालन हुनेछ ।

यस Cashtival अन्तर्गत प्रभु क्यापिटलको मोवाइल app  डाउनलोड गर्ने हितग्राहीले रु. १,००,००० सम्म जित्न सक्ने छन् ।

योजनामा सहभागी हुन ग्राहकले आफ्नो मोबाईलमा प्रभु क्यापिटलको प्रभु क्यापिटल डिजिटल app डाउनलोड गर्नुपर्नेछ र सो मा रजिष्टर गरी आफ्नो डिम्याट खाता लिंक कनेक्ट गर्नुपर्नेछ ।

यो अफरमा मासिक रुपमा ३ जना विजेताले रु ५०००/, ३०००/, २०००/ जित्न सक्ने छन् । बम्पर योजनामा सम्पूर्ण सहभागीहरु मध्ये एक जना भाग्यशाली विजताले एकलाख रुपैयाँसम्म जित्न सक्नेछन् ।

यो योजना हालसम्म app डाउनलोड गरेका हितग्राहीको हकमा समेत लागू हुनेछ । एप डाउनलोड गर्न एन्ड्रोइड प्रयोगकर्ताले यहाँ र आईओएस प्रयोगकर्ताले यहाँ डाउनलोड गर्नुहोस् ।

 

prabhu mahalaxmi
kumari