stcnepal long ad
global ime bank long

ग्लोबल आईएमई ब्यालेन्स फण्ड १ को इकाई बुधबार बाँडफाँड हुदै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । ग्लोबल आईएमई ब्यालेन्स फण्ड १ नामक सामुहिक लगानी कोष योजनाको इकाईहरु बुधबार बाँडफाँड हुने भएको छ । बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले बुधबार बिहान ९ बजे क्यापिटल कै कार्यालय नक्सालमा इकाईहरु बाँडफाँड गर्न लागेको हो।

ग्लोबल आईएमई क्यापिटलले प्रति इकाई १० रुपैयाँ अंकित दरका १२ करोड इकाई निष्काशन गरेको हो ।

१२ करोड इकाई मध्ये न्यूनतम् बिक्री हुनुपर्ने ६ करोड वा कुल बिक्री भएको इकाई संख्याको न्युनतम १५ प्रतिशत इकाई मध्ये योजना व्यवस्थापक कम्पनी ग्लोबल आइएमई क्यापीटल लिमिटेडलाई १.५० प्रतिशत वा १८ लाख इकाई तथा कोष प्रवर्द्धक कम्पनी ग्लोबल आइएमई बैंकलाई १३.५० प्रतिशत वा १ करोड ६२ लाख इकाई सुरक्षित राखीएको थियो ।

बाँकि रहेको १० करोड २० लाख इकाईको लागि सर्बसाधारणले आवेदन दिएका हुन् । यो योजना १ अर्ब २० करोड आकारको बन्दमुखी प्रकृतिको योजना हो ।

यस निष्काशनमा न्यूनतम १०० इकाई र अधिकतम १ करोड २० लाख इकाईको लागि आवेदन दिन सकिने ब्यबस्था थियो । यो योजना ग्लोबल म्युचुअल फण्ड अन्तर्गत संचालन हुने छ । यो १० वर्षे अवधिको बन्दमुखी योजना योजना हो ।

हाल क्यापिटलले ग्लोबल आईएमई सम्मुनत स्किम १ नामको म्युचुअल फण्ड योजना संचालन गरिरहेको छ । उक्त योजनाले गत वर्ष १०० प्रतिशत लाभांश दिएको थियो ।

IME Lifesidebar
kumari