sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

एमएबि हाइब्रिड फण्ड एल–२ को इकाइ बाँडफाँट

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । एनएमबि क्यापिटलले माघ २४ गतेदेखि फागुन ८ गतेसम्म निष्कासन तथा बिक्री खुला गरेको सामूहिक लगानी कोष एमएबि हाइब्रिड फण्ड एल–२ को इकाइ बाँडफाँट गरिएको छ ।

क्यापिटलले एनएमबि म्युचुअल फण्ड अन्तर्गत प्रतिइकाइ १० रुपियाँ अंकित दरमा १ अर्ब २० करोड बराबरको १२ करोड इकाइ बिक्रीमा ल्याएको थियो ।

तर मागभन्दा बढी आवेदन परेपछि योजनाको आकार वृद्धि गरी १३ करोड ६४ लाख ८४ हजार इकाइ कायम गरिएको थियो ।

सोही अनुसार कोष प्रवर्द्धक एनएमबि बैंकलाई १ करोड ९१ लाख ७ हजार ७६० इकाइ, योजना व्यवस्थापक कम्पनी एनएमबि क्यापिटललाई १३ लाख ६५ हजार ५४९ इकाइ र बाँकी रीतपूर्वक आवेदन दिने आवेदकलाई ११ करोड ६० लाख १० हजार ७६० इकाइ सर्वसाधारणमा बाँडफाँट गरिएको हो ।

यो १० वर्ष अवधिको बन्दमुखी म्युचुअल फण्ड हो ।​ फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमिब क्यापिटल लिमिटेड रहेको थियो ।

gold
kumari bank
nawakantipur long