stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेको इन्स्योरेन्सको हकप्रद शेयरमा फागुन २८ गतेसम्म आवेदन दिन पाइने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले फागुन ८ गतेदेखि बिक्रीमा ल्याएको हकप्रद शेयरमा फागुन २८ गतेसम्म आवेदन दिन सकिने छ । कम्पनीले हाल कायम चुक्तापुँजीको १ः०.२५ अर्थात हाल कायम २५ प्रतिशतले हुन आउने हकप्रद शेयर बिक्री खुला गरेको हो।

जस अनुसार इन्स्योरेन्स कम्पनीले ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरकाका कुल ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद शेयर जारी गरेको छ।

हकप्रद शेयर निष्कासन प्रयोजनार्थ कम्पनीले गत माघ १८ गते बुक क्लोज गरेको थियो। यसको अर्थ माघ १५ गतेसम्म कायम शेयरधनीले यो हकप्रद शेयर खरिद गर्न आवेदन दिन सक्नेछन्।

यो हकप्रदमा बिक्री प्रबन्धक सानिमा क्यापिटलका साथै नेको इन्स्योरेन्सका केन्द्रीय तथा क्षेत्रीय कार्यालयबाट आवेदन दिन सकिनेछ।

यसैगरी नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरुबाट खरिद आवेदन दिन सकिनेछ।

शेयरधनीले सीडीएससीको ‘मेरो शेयर’ प्रयोग गरी अनलाइनमार्फत समेत हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।

हकप्रद निष्कासनका लागि गराएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले नेको इन्स्योरेन्सलाई आईआरएन सिंगल ए प्लस इस्युअर रेटिङ प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त सुरक्षित रहेको संकेत गर्दछ।

हाल कम्पनीको चुक्तापुँजी २ अर्ब १ करोड २३ लाख ६० हजार ६१९ रुपैयाँ रहेको छ। हकप्रद बिक्रीपछि चुक्तापुँजी २ अर्ब ५१ करोड ५४ लाख ५० हजार ७७४ रुपैयाँ पुग्नेछ।

prabhu mahalaxmi
kumari