sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

बर्जर जेन्सन एण्ड निकोल्सनले पायो आईएसओ प्रमाणपत्र

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । बर्जर जेन्सन एण्ड निकोल्सन प्रालिले आईएसओ प्रमाणपत्र प्राप्त गरेको छ । कम्पनीले गुणस्तर व्यवस्थापनको लागि आईएसओ ९००१–२०१५, वातावरणीय व्यवस्थापनको लागि आईएसओ १४००१–२०१५ र समुदाय तथा कर्मचारीको स्वास्थ्य र कार्यस्थलको सुरक्षाको लागि आईएसओ ४५००१–२०१८ प्रमाणपत्र प्राप्त गरेको छ ।

टीयूभी नर्ड क्रेड जीएमबीएचद्वारा प्रमाणित प्रमाणपत्रहरूले उच्च गुणस्तरका उत्पादन, दिगो अभ्यास र ग्राहक सन्तुष्टि प्रदान गर्ने कम्पनीको प्रतिबद्धतालाई उजागर गरेको कम्पनीको दाबी छ ।

यी प्रमाणपत्रहरूले देकोरेतिभ पेन्टहरू, वातर प्रूफिङ र कन्स्त्रकसन केमिकल र पुट्टीहरूको उत्पादन, भण्डारण, वितरण, बिक्री र आपूर्तिलाई समेट्दै अन्तर्राष्ट्रिय मापदण्डहरूप्रति कम्पनीको प्रतिबद्धतालाई सुदृढ गरेको जनाएको छ ।

यी प्रमाणपत्रहरूसँगै बर्जर जेन्सन एण्ड निकोल्सन प्रालि ले गुणस्तर, वातावरणीय जिम्मेवारी र समुदाय तथा कर्मचारीहरूको सुरक्षामा उत्कृष्टताको लागी समर्पित विश्वसनीय र अग्रणी उद्योगको रूपमा आफ्नो स्थितिलाई पुनस् पुष्टि गर्न सफल भएको कम्पनीले जनाएको छ ।

gold
kumari bank
nawakantipur long