stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल वायुसेवा निगम र जापान एयरलाइन्सबिच हवाई सेवा सम्झौता

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल वायुसेवा निगम र जापान एयरलाइन्सबिच सहज हवाई यात्रा र व्यापार विस्तारका लागि सम्झौता भएको छ । निगमबाट संसारभरकै गन्तव्यको टिकट लिएर जापान एयरलाइन्स मार्फत उडान गर्ने गरी द्विपक्षीय सम्झौता भएको निगमले जनाएको छ ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार काठमाडौँबाट निगमको जहाजमा जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने यात्रुले अमेरिकी तथा पश्चिमा मुलुक एवं कोरियाको यात्रा गर्दा जापान एयरलाइन्सको जहाज मार्फत कनेक्टिङ फ्लाइट मार्फत यात्रा गर्न सक्ने गरी सम्झौता भएको हो ।

उहाँले भन्नुभयो, “हाल निगमले सबैभन्दा टाढाको गन्तव्यका रूपमा नारितामा उडान गर्दै आएको छ । काठमाडौँबाट अमेरिकी तथा पश्चिमा मुलुकको यात्रा गर्ने यात्रुले अब जापानमा छोटो ट्रान्जिट गर्दै जापान एयरलाइन्समार्फत अन्य मुलुकमा यात्रा गर्न सक्ने भएका छन् ।”

यो सम्झौताले निगमको टिकटबाट जापान एयरलाइन्सको कनेक्टिङ फ्लाइटमार्फत विश्वभरको अन्तिम  गन्तव्यसम्मका लागि यात्रु तथा ब्यागेज चेक–इन सुविधा प्राप्त हुने उहाँले जानकारी दिनुभयो । सोही नेटवर्क हुँदै विश्वभरबाट पर्यटक सहज रूपमा नेपाल भ्रमण गर्न सक्ने उहाँको भनाइ छ ।

सम्झौताले निगमको व्यापार विस्तार हुनुका साथै समग्र देशको पर्यटन प्रवर्धन र विकास तथा विदेशी मुद्रा आर्जनमा टेवा पुग्ने उहाँले बताउनुभयो ।

पौडेलका अनुसार सहज तथा किफायती यात्राका साथै विश्वभरका विभिन्न मुलुक र जापानकै विभिन्न आन्तरिक गन्तव्यसम्म निगमकै टिकटमा विश्वस्तरीय सेवा लिन सकिने छ ।

जापान एयरलाइन्ससहित निगमसँग हाल प्यासेन्जर इन्टरलाइन पार्टनरसिप एग्रिमेन्ट गर्ने वायुसेवाको सङ्ख्या २५ पुगेको छ भने कार्गो पार्टनरसिप सहमित गर्ने वायुसेवाको सङ्ख्या भने २८ रहेको छ ।

 

prabhu mahalaxmi
kumari