sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

एनएमबि हाईब्रिड फण्ड एल–२ को इकाईमा आवेदन दिने आज अन्तिम दिन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनएमबि क्यापिटलले माघ २४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको सामूहिक लगानी कोष ‘एमएबि हाईब्रिड फण्ड एल–२’ को इकाई खरिदका लागि आज फागुन ८ गतेसम्म मात्र आवेदन दिन सकिने छ ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको हो । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एनएमबि हाईब्रिड फण्ड एल २ दश वर्षे बन्दमुखीे योजना हो ।

उक्त फण्डमा न्यूनतम १०० देखि १ करोड २० लाख इकाईसम्म अर्थात प्रति इकाई १० रुपैयाँका दरले १ हजार रुपैयाँदेखि १२ करोड रुपैयाँसम्मको आवेदन दिन पाउने व्यवस्था गरेको छ ।

फण्डले १४ प्रतिशत अर्थात् १ करोड ६८ लाख इकाई कोष प्रवर्धक कम्पनी एनएमबि बैंकलाई र १ प्रतिशत अर्थात १२ लाख इकाई योजना व्यवस्थापकलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधरणलाई बिक्री गरेको हो ।

फण्डको कुल १२ करोड इकाईमध्ये कोष प्रवर्धक र योजना व्यवस्थापकले सम्पूर्ण बीज पूँजी बराबरको १ करोड ८० लाख इकाई र ५८ हजार ४४० सर्बसाधारण तथा संस्थागत लगानीकर्ताहरुबाट १० करोड १५ लाख इकाईको लागि आवेदन प्राप्त भएको जनाएको छ ।

म्युचुअल फण्ड निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपालले कोष प्रबद्र्धकलाई ‘इक्राएनपी आईआर ए माइनस’ रेटिङ्ग प्रदान गरेको छ भने योजना व्यवस्थापकलाई ‘इक्राएनपी एएमसी क्वालिटी टू’ रेटिङ्ग प्रदान गरेको छ । यस रेटिङ्गले योजना व्यवस्थापकको व्यवस्थापन गुणस्तरमा उच्च विश्वास रहेको संकेत गर्दछ ।

उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको ‘मेरो शेयर’ मार्फत अनलाइन आवेदन दिन सकिने छ ।

gold
nawakantipur long