stcnepal long ad
ime life insurance
global ime bank long

‘एनएमबि सरल बचत फन्ड–इ’ मा अधिकतम लगानीको सीमा कायम

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । एनएमबि म्युचुअल फन्ड अन्तर्गत सञ्चालित ‘एनएमबि सरल बचत फन्ड–इ’मा अधिकतम लगानीको सीमा कायम गरिएको छ।

योजना व्यवस्थापक एनएमबि क्यापिटलको सञ्चालक समितिले कुनै एक इकाइधनीले कारोबार दिन वा सत्रमा यस योजनाको इकाइ खरिद गर्दा अधिकतम लगानीको सीमा २० लाख रुपैयाँ रहने निर्णय गरेको छ।

उक्त रकमले कारोबार गर्दा लागू हुने सबै शुल्क समावेश गरिएको रकमलाई बुझाउनेछ। यद्यपि यो अधिकतम सीमा सिस्टमेटिक विथड्रल प्लान र डेभिडेन्ड रिइन्भेस्मेन्ट प्लानमार्फत गरिएको लगानी लागू नहुने क्यापिटलले जनाएको छ।

यसैगरी कुनै एक इकाइधनीले लगानी गर्न सक्ने अधिकतम इकाइ, योजनाको अघिल्लो दिनमा कायम गरेको कुल इकाइ ०.५ प्रतिशत हुने व्यवस्था पनि क्यापिटलले गरेको छ।

यद्यपि अतिरिक्त लगानी बिना कुनै इकाइधनीको इकाइ स्वामित्व उल्लेखित सीमाभन्दा बढी हुन गएमा माथि उल्लेखित सीमा सो इकाइधनीलाई लागू नहुने क्यापिटलले जनाएको छ।

साथै माथि उल्लेखित सीमा बीज पुँजी लगानीकर्तामा लागू नहुने पनि क्यापिटलले स्पष्ट पारेको छ। यी दुवै व्यवस्था आउँदो पुस १ गतेबाट लागू हुनेछ।

prabhu mahalaxmi
kumari