stcnepal long ad
ime life insurance
global ime bank long

उपत्यका प्रदेशको कोषाध्यक्षमा रञ्जितको उम्मेदवारी

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिको लागि हिजो मंसिर २४ गते उम्मेदवारी दर्ता कार्यक्रम सम्पन्न भएको छ। अध्यक्षमा मोहन प्रसाद पन्त, टेनिश रोक्का र शिव बस्नेत, उपाध्यक्षमा कालिका बहादुर महत,रोजिना थापा,महिला उपाध्यक्षमा महासचिवमा रामचन्द्र दुलाल भान्जा, आशिष गुरागाई, सचिवमा अजित अधिकारी, अमिर लामा स्याङबो, समावेशी सचिवमा प्रविण श्रेष्ठ, बिक्रम रत्न, मोहनबल्ल, अनिल कमार गुप्ता, कोषाध्यक्षमा निरज रञ्जित, सन्जिप घिमिरे,माधव प्रसाद घिमिरे सहित विभिन्न सदस्य पदमा ४३ जनाले उम्मेदवारी दिएको छ।

काठमाडौं, ललितपुर, र भक्तपुरका तीनै जिल्लालाई समेट्ने उपत्यका प्रदेश समितिमा प्रेस चौतारी नेपाल र नेपाल प्रेस युनियनको गठबन्धन समुहले अत्याधिक मतले जित्ने अध्यक्षका उम्मेदवार पन्तले दाबी गरेका छन।

कोषाध्यक्ष पदका उम्मेदवार दिएका वरिष्ठ पत्रकार रञ्जितले आफु पत्रकारिताको उच्च मापदण्ड, प्रेस स्वतन्त्रता र सञ्चारकर्मीको हकहित,अधिकार,स्वतन्त्र प्रेस,अभिव्यक्ति स्वतन्त्रताका लागि निरन्तर क्रियाशील रहँदै आएको र यस अभियानमा भविष्यमा पनि पत्रकारहरूको विश्वास, समर्थन, र सहकार्यले थप ऊर्जा प्रदान गर्दै अगाडि बढने प्रतिवद्वता जनाएका छन।

पत्रकारहरूको सुझाव र साथ सहयोगको अपेक्षा गर्दै, उपत्यका प्रदेश समितिलाई अझ सशक्त र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ।

prabhu mahalaxmi
kumari