stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

लक्ष्मी सनराइज क्यापिटलले लाभांश घोषणा

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौं । लक्ष्मी सनराइज क्यापिटलले लाभांश घोषणा गरेको छ । क्यापिटलको कात्तिक २३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले गत आर्थिक वर्षको सञ्चित नाफाबाट शेयरधनीलाई कर सहित ७ करोड ७१ लाख ९४ हजार ७३६ रुपियाँ बराबरको नगद लाभांश वितरण गर्नेछ ।

लाभांश पारित गर्न कम्पनीले १४औं वार्षिक साधारणसभा आह्वान गरेको छ । साधारण सभा मंसिर १६ गते दिउँसो ३ बजे लक्ष्मी कम्प्लेक्स हात्तिसार काठमाडौंमा बस्नेछ ।

साधारण सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ असारसम्मको वासलात, हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तीय विवरण र चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

prabhu mahalaxmi
kumari