डिप्रोक्स लघुवित्तको ५२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ५२ हजार ७३५ कित्ता संस्था शेयर बिक्रीमा राखेको छ । शेयर लघुवित्तका हाल कायम विद्यमान शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् ।
इच्छुक शेयरधनीले आवश्यक कागजात सहित ३५ दिनभित्र लघुवित्तको कर्पोरेट कार्यालय सीतापाइला काठमाडौंमा आफूले के कति शेयर कति मूल्यमा लिने हो सोको विवरण खुलाई आवेदन दिनुपर्नेछ ।
तोकिएको म्यादभित्र आवेदन नपरेमा उक्त शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने लघुवित्तले जनाएको छ ।