sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

एनआइएमबि एस क्यापिटल लिमिटेडको आयोजनामा नुवाकोटमा ‘विश्व लगानीकर्ता सप्ताह २०२४’

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । एनआइएमबि एस क्यापिटल लिमिटेडको आयोजनामा ‘विश्व लगानीकर्ता सप्ताह २०२४’ को सन्दर्भमा मिति २०८१/०७/१२ गते सोमबार नुवाकोटमा रहेको सिद्धार्थ होटल वाटर टावरमा लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम सम्पन भएको छ ।

गिरिराज पोखरेलको संचालनमा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा नुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी  रामकृष्ण अधिकारी रहनु भएको थियो भने अन्य अतिथिहरुमा नुवाकोट जिल्ला सुरक्षा समितिका सम्पूर्ण सदस्य तथा उद्योग वाणिज्य संघ नुवाकोटका अध्यक्षका साथै स्थानीय जनप्रतिनिधिहरु उपस्थित हुनुहुन्थ्यो।

१०० भन्दा बढी स्थानीयहरुको उत्साहजनक सहभागिता रहेको उक्त कार्यक्रममा प्रमुख प्रशिक्षकको रुपमा एनआइएमबि एस क्यापिटलका महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले लगानीकर्ता सप्ताह २०२४ को मुख्य विषयवस्तुसँगै नेपालमा शेयर बजारको वर्तमान अवस्था, यसका चुनौति र सम्स्याबाट जोगिने उपायहरुका साथै नेपाली शेयर बजारका विभिन्न पक्षहरुको सम्बन्धमा प्रशिक्षणमूलक अभिव्यक्ति दिनुभएकोे थियो ।

उक्त कार्यक्रममा स्मार्ट लगानीकर्ताका विशेषता सहित नेपाली लगानीकर्ताको व्यवहारिक पक्षबारे पनि छलफल गरिएको थियो भने एनआइएमबि एस क्यापिटलले प्रदान गर्ने सेवाहरुको बारेमा समेत विस्तृत रुपमा जानकारी गराईएको थियो ।

विश्व लगानीकर्ता सप्ताह, २०२४ अन्तर्राष्ट्रिय धितोपत्र बजार नियमनकर्ता संगठन (आईओएससीओ) द्वारा प्रवद्र्धन गरिएको एक हप्ता लामो विश्वव्यापी अभियान हो जसले लगानीकर्ता शिक्षा र संरक्षणको महत्वबारे चेतना जगाउन र यी दुई महत्वपूर्ण क्षेत्रहरुमा धितोपत्र नियामकहरुको विभिन्न पहलहरुलाई केन्द्रिकृत गर्दछ ।

gold
prabhu bank
nawakantipur long