stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

ज्योति विकास बैंक र दराजबीच दराजको ११.११ अभियानका लागि सम्झौता

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौं । ज्योति विकास बैंक र नेपालको अग्रणी अनलाइन बजार दराज केयमु प्रालिबीच बैंकमा खाता रहेका ग्राहकहरूलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको छ। यो योजना नोभेम्बर ११ (कार्तिक २६ गते, २०८१) देखि लागू हुनेछ ।

उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट मार्केटिङ तथा ब्रान्डिङ प्रमुख कुशलजंग अधिकारी र दराजका डिजिटल भुक्तानी र साझेदारी प्रमुख जोनम भुर्तेलले हस्ताक्षर गरेका छन् ।

ज्योति विकास बैंकमा खाता रहेका ग्राहकहरूले दराजद्वारा ११.११ को अवधिमा अनलाइन सामान खरिद गर्दा डेबिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम २० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै देशका अन्य विभिन्न व्यवसायहरूसँग  निरन्तर सहकार्य गरी ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ ।

हालै बैंकले काठमाडौंस्थित ‘किड्स कटेज’मा बैंकका ग्राहकहरूलाई १५ प्रतिशत सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ ।

साथै, बैंकले ‘ट्रांकक्वाइलिटी स्पा’का देशभरका १७ वटै आउटलेटहरूमा ३० प्रतिशत तथा काठमाडौंस्थित ‘साकी बुटिक’मा २५ प्रतिशत र ‘लुगासुगा’मा २२ प्रतिशत सम्मको आकर्षक छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ ।

ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

prabhu mahalaxmi
kumari