stcnepal long ad
ime life insurance
global ime bank long

माछापुच्छ्रे क्यापिटलको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।सञ्चालक समितिका अध्यक्ष विश्वम्भर न्यौपानेको सभापतित्व तथा माछापुच्छ्रे बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईरालाको प्रमुख आतिथ्यमा बालुवाटार प्यालेस बैंक्वेट, गैरीधारा, बालुवाटारमा साधारण सभा सम्पन्न भएको हो ।

साधारण सभाबाट सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदन सहितको वित्तीय विवरणहरु, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरिक्षकको नियुक्ती लगायतका प्रस्तावहरु पारित भएका छन् ।

कम्पनीको पाँचौँ वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गर्न सक्रिय भूमिका निर्वाह गर्ने शेयरधनीहरु प्रति कम्पनीका अध्यक्ष तथा यस साधारण सभाका सभापतिले धन्यवाद व्यक्त गर्दै हाल कम्पनीले नेपाल धितोपत्र बोर्डबाट २०८१ असोज १६ गते सामूहिक लगानी कोषको कोष व्यवस्थापक तथा डिपोजिटरीको इजाजत प्राप्त गरी मिति असोज २१ गते योजना समेत दर्ता गरी स्वीकृतिको प्रक्रियार्थ रहेको जानकारी गराए ।

साथै कम्पनीले आगामी दिनमा पूँजी बजारको विकासमा अझ बढी टेवा पुग्ने गरी कार्य गर्ने कुरामा विश्वस्तता व्यक्त गरे ।

prabhu mahalaxmi
kumari