stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

कुमारी क्यापिटल र हिमाल वाटर पार्क भिलेज होटल प्रा.लि बीच “Way to Listing” सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले “Way to Listing” सेवा अन्तर्गत नेपालमा प्रचलित कानुन बमोजिम स्थापना भएका जुनसुकै संगठित संस्थाहरुलाई कम्पनीको स्थापनादेखि धितोपत्र विनिमय बजारमा सुचिकरण गर्ने चरणसम्म पु¥याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराइरहेको व्यहोरा सुचित गराउँदछौं ।

सोही सेवा अन्तर्गत हिमाल वाटर पार्क भिलेज होटल प्राइभेट लिमिटेडलाइ IPO जारी गरि सूचिकरणको चरणसम्म पु¥याउन आवश्यक सम्पुर्ण परामर्श सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौतामा हिमाल वाटर पार्क भिलेज होटल प्राइभेट लिमिटेडका तर्फबाट सञ्चालक सुनिल कुमार खेतान तथा कुमारी क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत  पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।

नेपालको पर्यटन विकासमा टेवा पु¥याई बैदेशिक मुद्राको संचितलाई समेत बढावा दिने उद्देश्यले हिमाल वाटर पार्क एण्ड भिलेज होटल प्रा.लि.भारतीय चेन होटल क्लार्क रिसोर्टको फ्रेन्चाइज (Franchise) अन्तर्गत रहि सञ्चालन भइरहेको छ ।

सम्बन्धित निकायबाट चार तारेको अनुमति प्राप्त गरि यो होटल सञ्चालनमा रहेको छ । हाल परिवर्तित गण्डक, वहुवरी ­१४, विरगञ्ज महानगरपालिकामा अवस्थित यस होटलले Suite, Deluxe, Executive, Presidential Suite गरि ६० वटा सुविधा सम्पन्न कोठाहरुका साथै जिम, क्यासिनो, स्विमिङ पुल, ब्याङ्क्विट् हल आदि सहित आरामदायी आवास, आधुनिक सुविधाहरू र न्यानो आतिथ्यताको साथ सेवा प्रदान गर्दै आइरहेको छ ।

भारतिय पर्यटकहरुलाई समेत लक्षित गरि विभिन्न व्यावसायिक योजनाहरु मार्फत आतिथ्यता प्रदान गर्दै आइरहेको छ । क्लार्क रिसोर्टले हाल भारतको जयपुर, लखनउ र आगरा सहित विभिन्न स्थानमा धेरै होटलहरू सञ्चालन गरिरहेको छ ।

भविष्यमा कम्पनीले सम्बन्धित निकायबाट अनुमति लिई चार तारेबाट स्तरोन्नति गरि पाँच तारे होटलमा रुपान्तरण गर्ने योजना समेत रहेको छ ।

kumari bank
kumari
nawakantipur long