stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

महालक्ष्मी विकास बैंक लि. को ३० औँ वार्षिकोत्सव सम्पन्न

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुबाट बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको यस महालक्ष्मी विकास बैंक लि. ले आज मिति २०८१ जेष्ठ ७ गतेदेखि ३० औँ वर्षमा प्रवेश गरेको छ ।

यस अवसरमा बैंकले वित्तीय साक्षरता ¥याली तथा आफ्ना ८ वटा शाखाहरु मार्फत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । यसका साथै स्वास्थ्य तथा आँखा शिविर, महालक्ष्मी कर्पोरेट क्रिक्रेट लिग – २०२४, श्रृङखला ३ लगायत विभिन्न कार्यक्रमहरु गरी ३० औँ वार्षिकोत्सव सम्पन्न गरिनेछ ।

यस अवसरमा बैंकले आफ्ना आदरणीय शेयरधनी महानुभावहरु, ग्राहकवर्ग, नियामक निकाय एवं शुभचिन्तकहरु प्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ ।

बैंकले वार्षिकोत्सवको अवसरमा जेष्ठ ६ गते, आइतबार आठ शाखा कार्यालयहरु मार्फत रक्तदान कार्यक्रम सम्पन्न गरी कुल २९५ पिन्ट रगत संकलन गरेको छ ।

स्वास्थ्य क्षेत्रमा चुनौतीको रुपमा रहेको रगत व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्यले बैंकले ३० औं वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम सञ्चालन गरेको हो ।

त्यस्तै केन्द्रिय कार्यालय, प्रादेशिक कार्यालयहरु तथा शाखा कार्यालयका कर्मचारीहरुको सहभागितामा जेष्ठ ५ गते, शनिबार बिहान ७ः३० देखि ८ः३० बजेसम्म वित्तीय साक्षरता सहितको प्रभातफेरी कार्यक्रम सम्पन्न गरिएको छ ।

उक्त प्रभातफेरी कार्यक्रममा बैंकिङ्ग सेवाहरुः जस्तै मोवाईल बैंकिङ्ग, स्मार्ट क्युआर, निक्षेप, कर्जा, विप्रेषण आदिसँग सम्बन्धित प्लेकार्डहरुको प्रयोग गरिएको थियो ।

बैंकले जेष्ठ ७ गते, सोमबार केन्द्रिय, प्रादेशिक तथा शाखा कार्यालयहरु मार्फत देशको भौगोलिक र सांस्कृतिक अवस्थाको उजागर गर्न कर्मचारीहरुलाई स्थानिय भेषभूषामा बंैकमा उपस्थित गराएर साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

त्यसैगरि बैंकको केन्दि«य कार्यालय दरबारमार्गमा जेष्ठ ८ गते स्वास्थ्य शिविर र जेष्ठ ९ गते आँखा शिविर सञ्चालन गरिनेछ भने विगत २ बर्षदेखि सुरुवात गरिएको महालक्ष्मी कर्पोरेट क्रिक्रेटको तेस्रो श्रृङखला (महालक्ष्मी कर्पोरेट क्रिक्रेट लिग – २०२४, श्रृङखला ३) १६ टिमको सहभागितामा बैैंकले जेष्ठ २२, २३ र २४ गते सञ्चालन गरिनेछ ।

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै विगत ३० वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ वटा शाखा कार्यालयहरु र ७ लाख भन्दा बढी ग्राहकहरु रहेकाछन् ।

 

prabhu mahalaxmi
kumari bank
kumari