ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड–१ को प्रतिफल घोषणा

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेड योजना व्यवस्थापकको रुपमा सञ्चालित ग्लोबल आइएमई ब्यालेन्स फन्ड–१ ले आर्थिक वर्ष २०७९/०८० का लागि कर सहित ५% नगद लाभांश वितरण गर्ने भएको छ ।
यसले कुल ५ करोड १२ लाख ८८ हजार १८० रुपैयाँ बराबरको रकम प्रतिफल वितरण गर्ने निर्णय गरेको हो । क्यापिटलले लाभांश प्रयोजनका लागि बुक क्लोज सम्बन्धी सूचना चाँडै प्रकाशित गर्ने जनाएको छ ।
१६ असोज २०८०, मंगलवार १०:१६ बजे प्रकाशित