sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

 कुमारी बैंक लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट ऋणपत्र निष्काशन गर्ने अनुमति पायो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कुमारी बैंक लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट ऋणपत्र निष्काशन गर्ने अनुमति पाएको छ। बैंकले बोर्डबाट वार्षिक १० प्रतिशत ब्याजदरमा ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने अनुमति पाएको हो।

बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यका ५० लाख कित्ता ऋणपत्र निष्काशन गर्नका लागि बोर्डबाट अनुमति पाएको हो ।

ऋणपत्रको नाम ‘१० प्रतिशत केबिएल डिबेन्चर २०९०’ रहेको छ। बोर्डले बैंकले असोज ८ गते ऋणपत्र निष्काशन गर्ने अनुमति दिएको हो। बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

बैंकले निष्काशन गर्ने ऋणपत्रमध्ये २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र सर्वसाधारणका लागि बिक्री गरिनेछ भने ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिने जनाएको छ।

gold
prabhu bank
nawakantipur long