stcnepal long ad
global ime bank long

सिटिजन्स बैंकको वेविनारमा विशेष साधारण सभा बस्दै, सहयोगीलाई एक्वायर प्रमुख एजेन्डा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल
काठमाडौं ।  सिटिजन्स बैंकले जेठ २७ गते विशेष साधारण सभा बोलाएको छ । सभामा सहयोगी विकास बैंकलाई १ः०.९१७५ कित्ता सेयर दिने गरी प्राप्ति (एक्वायर) गर्ने मुख्य एजेन्डा पेश हुँदैछ ।
दुवै बैंक एक भएपछि सहयोगीका सेयरधनीले आफ्नो १०० कित्ता सेयर बराबर सिटिजन्स बैंकको ९१.७५ कित्ता सेयर पाउनेछन् । बैंकको प्रबन्धपत्र संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ ।
विशेष साधारणसभा बैंकको प्रधान कार्यालय नाराणहिटी पथ, दरबारमार्गमा बिहान ११ बजेदेखि वेविनार मार्फत गरिने बैंकले जनाएको छ ।
बैंकले यसअघि गत चैत १० गते आह्वान गरेको विशेष साधारणसभा कोरोना भाइरसका कारण सरकारले एकै ठाँउमा २५ जनाभन्दा धेरै भेला हुन बन्देज लगाएपछि स्थगित भएको थियो । दुवै बैंकले यसअघि नै एक्वायर गर्ने अन्तिम समझदारी पत्रमा हस्ताक्षर गरीसकेका छन् ।

अब दुवैले आ–आफ्नो विशेष वा वार्षिक साधारण सभाबाट प्राप्ति सम्बन्धि विशेष प्रस्ताव पारित गरी नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति पाएपछि एकीकृत कारोबार सुरु गर्नेछन् ।

दुवै बैंकले गत असार २२ गते प्राप्तिका लागि प्रारम्भिक समझदारीमा हस्ताक्षर गरेका थिए । २०७६ पौष २७ गते सम्मको तथ्यांकका आधारमा सिटिजन्स बैंकले सहयोगीलाई प्राप्ति गरेपछि निक्षेप ८३ अर्ब २४ करोड रुपैयाँ पुग्नेछ भने ऋण लगानी ७३ अर्ब ९९ करोड रुपैयाँ हुनेछ ।

प्राप्ति पश्चात बैंकको कुल शाखा ९९ वटा हुनेछ । हाल सिटिजन्सको चुक्ता पुँजी ८ अर्ब ६२ करोड रुपैयाँ रहेको छ । प्राप्तिपछि पँुजी ९ अर्ब ८ करोड रुपैयाँ हुनेछ ।

धनुषा, महोत्तरी र सिन्धुली जिल्ला कार्यक्षेत्र भएको सहयोगी विकास बैंकले १४ वटा शाखाहरूबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
IME Lifesidebar
kumari