stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

कर्णालीमा थप २९ जनामा कोरोना पुष्टि

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

वीरेन्द्रनगर । कर्णाली प्रदेशमा मंगलबार थप २९ जनामा कोरोना संक्रमण देखिएको छ ।

मंगलबार सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिको परीक्षणको रिपोर्टमा सुर्खेतका ११, सल्यानका ९ र अछामा ९ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै कर्णालीमा संक्रमितको संख्या २ सय ६२ पुगेको छ । संक्रमितहरु १४ देखि ५० वर्ष उमेर समूहका रहेका छन् ।

जसमध्ये २७ जना पुरुष र २ जना महिला रहेका छन्। पछिल्लो समय कर्णाली प्रदेशमा भारतबाट फर्किनेहरुको संख्या बढेसँगै कोरोना संक्रमितहरुको संख्या पनि बढिरहेको छ ।

सोमबार मात्रै कर्णालीका विभिन्न जिल्लामा ६७ जना संक्रमित थपिएका थिए स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार साँझसम्म कर्णालीका विभिन्न क्वारेन्टाइनमा २२ हजार ४ सय ७४ जना रहेका छन् ।

prabhu mahalaxmi
kumari