citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

कर्णालीमा थप २९ जनामा कोरोना पुष्टि

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

वीरेन्द्रनगर । कर्णाली प्रदेशमा मंगलबार थप २९ जनामा कोरोना संक्रमण देखिएको छ ।

मंगलबार सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिको परीक्षणको रिपोर्टमा सुर्खेतका ११, सल्यानका ९ र अछामा ९ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै कर्णालीमा संक्रमितको संख्या २ सय ६२ पुगेको छ । संक्रमितहरु १४ देखि ५० वर्ष उमेर समूहका रहेका छन् ।

जसमध्ये २७ जना पुरुष र २ जना महिला रहेका छन्। पछिल्लो समय कर्णाली प्रदेशमा भारतबाट फर्किनेहरुको संख्या बढेसँगै कोरोना संक्रमितहरुको संख्या पनि बढिरहेको छ ।

सोमबार मात्रै कर्णालीका विभिन्न जिल्लामा ६७ जना संक्रमित थपिएका थिए स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार साँझसम्म कर्णालीका विभिन्न क्वारेन्टाइनमा २२ हजार ४ सय ७४ जना रहेका छन् ।

gold
himalayan life insurance long ad
kumari bank