stcnepal long ad
ime life insurance
national life
global ime bank long

विश्व बैंकद्धारा अहिलेसम्मकै ठूलो आर्थिक प्याकेज घोषणा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल २०७७ जेठ ७ गते बुधबार
काठमाडौं । कोभिड १९ को प्रभावलाई लक्षित गर्दै विश्व बैंक समूहले अहिलेसम्मकै ठूलो आर्थिक प्याकेज घोषणा गरेको छ । विश्व बैंकले कोरोनाको प्रभावका कारण ठूलो आर्थिक क्षति बेहोरिरहेका विश्वका १ सय मुलुकका लागि आर्थिक प्याकेज घोषणा गरेको हो ।
विश्व बैंकले कूल १ खर्ब ६० अर्ब अमेरिकी डलर रकम बराबरको आर्थिक प्याकेज स्वीकृत गरेको जानकारी गराएको छ । विश्वमा कुल जनसंख्याको करिब ७०% प्रतिनिधित्व गर्ने १ सय विकासशील मुलुक यो प्याकेजबाट लाभान्वित हुने भएका छन् । बैंकले उक्त रमक अनुदान र सहुलियतपूर्ण ऋणका रुपमा दिने जनाएको छ ।
साथै, बैंकले मार्चयता कोभिडका कारण संकटमा रहेका मुलुकलाई गरिबी र चरम आर्थिक संकटबाट बचाउन, निजी क्षेत्रको पुनरुद्धार, स्वास्थ्य प्रणालीको सुदृढीकरणमा काम थालिसकेको जनाएको छ ।
IME Lifesidebar
kumari