stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आयल निगमको अमलेखगन्ज डिपो बन्द गर्न स्थानीयको धम्की

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ जेठ ७ गते बुधबार

काठमाडौं । बारा क्षेत्रमा कोरोना संक्रमण बढ्न थालेपछि स्थानीय र वडाध्यक्षसहितको टोलीले नेपाल आयल निगमको अमलेखगन्ज डिपो बन्द गर्न धम्की दिएका छन् । उनीहरुले बुधबार ट्याङकर प्रवेशमा रोक लगाउने निर्णयसमेत गरेका छन् ।

‘बुधबारदेखि ट्ङयाकर प्रवेशमा रोक लगाउने जानकारी पाएका छौं । तराई क्षेत्रमा सोही डिपोबाट ढुवानी गरिरहेका छौं,’ निगमका एक अधिकारीले भने, ‘स्थानीयको निर्णयले धेरै समस्या हुन्छ ।’

तराईमा खेतीपाती, जमिन जोत्ने, गहुँ काट्ने कार्य सुरु भएकाले डिजेलको माग व्यापक छ । स्थानीयको बन्द गर्ने धम्कीले अन्य क्षेत्रको आपूर्तिमा समेत असर पुग्ने निगमले जनाएको छ ।

अमलेखगन्जमा पाइपलाइनबाट डिजेल आयात हुन्छ । अमलेखगन्ज डिपोबाट मौज्दातका लागि विराटनगर, भैरहवा र काठमाडौंमा पठाइन्छ । दैनिक करिब सय ट्याङ्करबाट विभिन्न जिल्लामा ढुवानी भइरहेको छ ।

‘विराटनगरदेखि भैरहवासम्म पठाएका छौं,’ ती अधिकारीले भने, ‘त्यही डिपोमा डिस्ट्ब गर्दा धेरै समस्या हुन्छ ।’ ट्याङकरबाट संक्रमणको जोखिम उच्च भएको ठहर गर्दै स्थानीयले ट्याङकर प्रवेशमा रोक लगाउने जनाएका हुन् ।

स्थानीयको दबाबपश्चात् निगमले सुरक्षा व्यवस्था मिलाइदिन जिल्ला प्रशासन कार्यालय बारालाई अनुरोध गरेको छ । ‘म‌ंगलबार केही स्थानीयवासीले कोरोनाका कारण डिपो बन्द गर्न दबाब दिई बुधबारदेखि डिपोमा ट्याङ्कर प्रवेश रोक लगाउने भन्ने बुझिएको छ,’ निगमले जिल्ला प्रशासन कार्यालयलाई पठाएको पत्रमा भनिएको छ, ‘डिपो सन्चालनका निमित्त आवश्यक सुरक्षा व्यवस्था मिलाइदिन अनुरोध छ ।’ अमलेखगन्ज डिपोको मौज्दात क्षमता २० हजार ६ सय किलोलिटर हो । कान्तिपुर दैनिकबाट

prabhu mahalaxmi
kumari