stcnepal long ad
ime life insurance
global ime bank long

कुमारी बैंकले देवः विकास बैंकलाई प्राप्ति गर्दै, जेठ १९ गते विषेश साधारणसभा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख २९ गते सोमबार

काठमाडौँ । कुमारी बैंकले देवः विकास बैंकलाई प्राप्ती गर्न लागेको छ । देवः विकास बैंकको शून्य दशमलब ८६ कित्ता शेयर बराबर कुमारीको १ कित्ता शेयर आदान प्रदान गर्ने सहमति अनुसार कुमारीले देवः लाई प्राप्ती गर्न लागेको हो ।

हाल देवः विकास बैंकको चुक्तापूँजी ३ अर्ब १७ करोड ७१ लाख रुपैयाँ र कुमारी बैंकको  ९ अर्ब ५५ करोड ४१ लाख ३० हजार रुपैयाँ रहेको छ । देवः विकास बैंकले भने प्राप्ती सम्बन्धी प्रस्तावसँगै गत आर्थिक वर्ष २०७५/७६ को वित्तीय विवरण सहित विविध प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले प्रस्ताव गरेको ८ दशमलव ५५ प्रतिशत बोनस शेयर समेत सभाले पारित गर्नेछ । देवः विकास बैंकले भने वार्षिक साधारण सभा प्रयोजनका लागि जेठ ५ गतेदेखि जेठ १९ गतेसम्म बुक क्लोज गर्ने तयारी गरेको छ ।

कुमारी बैंकले विशेष साधारण सभा प्रयोजनका लागि जेठ ७ गते एक दिन बुक क्लोज गर्ने भएको छ । दुवै बैंकले  जेठ १९ गते विषेश साधारणसभाको आव्हान गरेका छन् । कुमारी बैंकले विहान ११ बजे नक्सालमा विशेष साधारण सभा र देवः विकास बैंकले केन्द्रीय कार्यालय लालदरबार, काठमाडौंमा साधारण सभा बोलाएको छन ।

prabhu mahalaxmi
kumari