citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

बढि मूल्यमा सामाग्री बेच्ने बिग मार्टलाई ३ लाख जरिवाना

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख २९ गते सोमबार

काठमाडौँ । बढि मूल्यमा खाद्य सामाग्री बेच्ने बिग मार्टलाई ३ लाख जरिवाना तिराइएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हात्तीगौडामा रहेको बिग मार्टले खाद्यान्न सामग्रीमा अधिकतम खुद्रा बिक्री मूल्यभन्दा बढी रकममा सामान बेचेको भेटिएपछि ३ लाख रुपैयाँ जरिवाना तिराएको हो ।

सोमबार बिहान विभागले गरेको अनुगमनका क्रममा बिग मार्टले मासको दालमा अत्याधिक चर्को मूल्य असुल्ने गरेको भेटिएको थियो। मासको दाल प्रतिकिलो २ सय ७१ रुपैयाँसम्म मूल्य राखी बिक्री वितरण गरेको र अनुचित व्यापारिक क्रियाकलाप गरेको भेटिएपछि उपभोक्ता संरक्षण ऐनअनुसार कारबाही गरिएको विभागले जनाएको छ।

gold
himalayan life insurance long ad
kumari bank