citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
nabil bank

एभरेष्ट बैंकको नाफा तेस्रो त्रैमासमा २ अर्ब ३५ करोड २४ लाख रुपैयाँ

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल २०७७ वैशाख २९ गते सोमबार
काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २ अर्ब ३५ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको रिपोर्ट सार्वजनिक गरेको छ ।
नाफा गत वर्षको भन्दा ६.१५% धेरै हो । गत वर्ष बैंकले २ अर्ब २१ करोड ६० लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकले खुद ब्याज आम्दानी पनि ४ अर्ब १० करोड रुपैयाँबाट बढाएर ४ अर्ब ३४ करोड रुपैयाँ पुर्याएको छ ।
यस्तै, सञ्चालन नाफा ३ अर्ब १६ करोड रुपैयाँबाट बढोत्तरी गरेर ३ अर्ब ३ अर्ब ३६ करोड रुपैयाँ पुर्याउन बैंक सफल भएको छ ।

चैतसम्म बैंकको वितरण योग्य नाफा ९४ करोड ३६ लाख रुपैयाँ रहेको छ । गत वर्ष वितरण योग्य नाफा १ अर्ब ३५ करोड रुपैयाँ थियो । खुद ब्याज आम्दानी र सञ्चालन नाफामा बढोत्तरी भएपछि बैंकले थोरै भए पनि नाफा बढाउन सफल भएको छ ।

चैत मसान्तसम्म बैंकले १ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १४ अर्ब ५९ करोड लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
हाल एभरेष्टको चुक्ता पुँजी ८ अर्ब ५१ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ७ अर्ब ८१ करोड रुपैयाँ छ । रिटेन्ड अर्निङमा १ अर्ब ८५ करोड रुपैयाँ छ । बैंकको खराब कर्जा ०.१६% बाट बढेर ०.२०% पुगेको छ ।  प्रतिसेयर आम्दानी ३७ रुपैयाँ ३ पैसा रहेको एभरेष्टको प्रतिसेयर नेटवर्थ २१६ रुपैयाँ छ ।
gold
kumari bank