stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

प्रभु बैंकमा आगलागी

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख १५ गते सोमबार 

चितवन । चितवनको नारायणगढस्थित प्रभु बैंकमा आगलागी भएको छ । विद्युत चुहावट भई आगलागी भएको वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक रवीनबाबु रेग्मीले बताए । उनका अनुसार स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र दमकलको सक्रियतामा आगो नियन्त्रणमा लिइएको छ ।

बैंक आइतबार खुले पनि सोमबार बन्द थियो । सुरक्षा गार्ड र एकजना कर्मचारी मात्रै भएका बेलामा घटना भएको हो । बिजुलीको तार सर्ट भएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान छ । आगोको ज्वाला नदेखिए पनि कार्यालय भवन धुवाको मस्श्लोले भरिएको थियाे ।

बिहान ११ः २० बजे लागेको आगो ११ः४५ बजे नियन्त्रणमा लिइएको हो । क्षतिको विवरण आउन बाँकी रहेको उनले जानकारी दिए ।

kumari bank
kumari
nawakantipur long