आइसीएफसी फाइनान्सको तेस्रो त्रैमासमा यस्तो छ प्रगति विवरण

आर्थिक सञ्जाल २०७७ वैशाख १५ गते सोमबार
काठमाडाैं । आइसीएफसी फाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा १० करोड ७३ लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएको रिपोर्ट सार्वजनिक गरेको छ । यो गत वर्षको भन्दा २.०१% कम हो ।
गत वर्ष यसले १० करोड ९५ लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । आइसीएफसीले खुद ब्याज आम्दानी भने २२.५४% बढाएर ३२ करोड ७१ लाख रुपैयाँ पुर्याएको छ ।
गत वर्ष २६ करोड ७० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । आइसीएफसीको सञ्चालन नाफा १५ करोड ६३ लाख रुपैयाँबाट थोरै घटेर १५ करोड २९ लाखमा कायम भएको छ ।
हाल यस कम्पनीको चुक्ता पुँजी ९२ करोड ६५ लाख रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा २७ करोड २९ लाख ८९ हजार ६९३ रुपैयाँ छ । यस्तै, रिटेन्ड अर्निङमा ११ करोड ७७ लाख रुपैयाँ राखेको छ ।
चैत मसान्तसम्म ११ अर्ब ६२ करोड रुपैयाँ निक्षेप संकलन गरेको यस कम्पनीले ९ अर्ब ७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । यस फाइनान्सको खराब कर्जा ०.३८% बाट थोरै बढेर ०.६५% पुगेको छ । प्रतिसेयर आम्दानी १५ रुपैयाँ ४५ पैसा रहेको आइसीएफसीको प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ छ ।