प्राइम लाइफ इन्स्योरेन्सका सबै कर्मचारीको ‘कोभिड बीमा’

आर्थिक सञ्जाल २०७७ वैशाख १५ गते सोमबार
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सका सबै कर्मचारीको कोभिड बिमा गर्ने भएको छ । विश्वव्यापी रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) रोगको संक्रमणबाट आर्थिक सुरक्षा प्रदान गर्ने उदेश्यले प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कोभिड बिमा गर्ने निर्णय गरेको जनाएको छ ।
कम्पनीमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको प्रति व्यक्तिरु. १ लाख बराबर बीमाङ्कको लागि हालै बीमा समितिबाट सञ्चालनमा ल्याएको कोरोना भाइरस (कोभिड–१९) रोगको संक्रमण सम्बन्धि बीमा गर्ने निर्णय गरेकोे कम्पनीले जनाएको छ ।