stcnepal long ad
global ime bank long

सनराइज बैंकले सेती प्रादेशिक हस्पिटललाई २५ थान पीपीई हस्तान्तरण

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र २७, २०७६ बिहीबार

काठमाडौँ । सनराइज बैंकको सुदूर पश्चिम प्रादेशिक कार्यालयले सामाजिक उत्तरदायित्व अन्र्तगत व्यक्तिगत सुरक्षात्मक उपकरण(पीपीई) २५ थान सेती प्रादेशिक हस्पिटलका सुपपरीटेण्डेट डा. हेमराज पाण्डेलाई हस्तान्तरण गरेको छ ।

बैंकका प्रादेशिक कार्यालयका प्रमुख सुरेन्द्र शाहीले औपचारिक कार्यक्रमकाबीच उक्त सामाग्री हस्तान्तरण गरेका हुन् । अस्पतालको मेसु पाण्डेले सनराइज बैंकले स्वास्थ्यकर्मीहरुको सुरक्षा प्रति चिन्ता व्यक्त गर्दै व्यक्तिगत सुरक्षात्मक उपकरण(पीपीई) प्रदान गरेकोमा धन्यवाद दिए ।

प्रादेशिक कार्यालयका प्रमुख शाहीले विपत्तिको समयमा राज्यलई सहयोग गर्नु बैंकको सामाजिक उत्तरदायित्व भएको बताउदै कोरोना संक्रमणको उच्च जोखिममा रहेको स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि व्यक्तिगत सुरक्षात्मक उपकरण(पीपीई) प्रदान गरेको बताए ।

हालसम्म सनराइज बैंकले विभिन्न अस्पतालमा ४०० वटा भन्दा बढी पीपीई उपलब्ध गराइसकेको छ र अन्य प्रदेशहरुमा समेत उपलब्ध गराउने कार्यक्रम रहेको छ ।

IME Lifesidebar
kumari