stcnepal long ad
nabil bank
Himalayan bank
national life

विदेशबाट आएका फागुन १८ पछि १३४ फेला परेः महानगर

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

 

आर्थिक सञ्जाल चैत्र २७, २०७६ बिहीबार

काठमाडौं । पछिल्लो एक महिनामा विदेशबाट आएका नागरिकको तथ्याङ्क लिने क्रममा काठमाडौँ महानगरपालिकाले हालसम्म १३४ जनाको विवरण सङ्कलन गरेको छ ।

विश्वभर फैलिएको कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन र यसको रोकथाम र नियन्त्रणका लागि महानगरपालिकाले यस किसिमको अभ्यास शुरु गरेको हो ।

हाल सङ्कलन भएका विवरणमध्ये ६० जनाले विदेशबाट आएको १५ दिन पार गरिसकेका छन भने अन्य होम क्वारेन्टाइनमा रहेका महानगरपालिकाले जानकारी गराएको छ । महानगरको प्रशासन विभाग प्रमुख नमराज ढकालका अनुसार २०७६ फागुन १८ पछि विदेश भ्रमण गरी महानगरभित्र बसोबास गरिरहेकाको विवरण सङ्कलन कार्य भइरहेको छ ।

विवरण सङ्कलनको काम जारी रहेको र हाल प्राप्त विवरणअनुसार सबै जनाको अवस्था सामान्य रहेको बताइएको छ ।

विदेशबाट फर्केका नेपाली सतर्क र सचेत भएनन् भने सबैभन्दा पहिला आफ्नै परिवारको ज्यानलाई खतरामा पार्ने र त्यसपछि छरछिमेकीलाई प्रभावित पार्ने भन्दै महानगरपालिकाले विदेश भ्रमण गरी महानगरपालिकाभित्र बसोबास गर्नेको विवरण सङ्कलन शुरु गरेको हो ।

विदेशबाट फर्कने, अझ भारतबाट आएका नेपाली नागरिक १४ दिनसम्म अनिवार्यरूपमा क्वारेन्टाइनमा बस्नैपर्ने नियमलाई पालना गर्न महानगरले यस्तो विवरण सङ्कलनको कामलाई तीव्ररुपमा अघि बढाएको जानकारी दिएको छ । सङ्कलित विवरणमध्ये बढी दुबईबाट फर्किएका छन् ।

त्यसैगरी कतार, फ्रान्स, अष्ट्रेलिया, बेल्जिम, अमेरिका, कुवेत, जोर्डन, मलेसिया, थाइल्याण्ड, जापान, जर्मन, भारत लगायतका देशको भ्रमण गरी आएकाको पनि विवरण सङ्कलन गरिएको छ ।

कोही विदेशबाट आएका तर महानगरको सम्पर्कमा आउन नचाहनेका लागि पनि आफू र आफ्नो परिवारको स्वास्थ्यका लागि भन्दै तत्काल सम्पर्कमा आउन आग्रहसमेत गरिएको छ ।

अन्य कसैलाई जानकारी भए पनि महानगरलाई तथा सम्बन्धित वडा कार्यालयमा जानकारी दिन भनिएको छ ।

kumari bank
kumari
nawakantipur long