stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

घट्न थाल्यो बैंकको ब्याज नेपाल बैंकले शुरु गर्यो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र २६, २०७६ बुधबार

काठमाडौं । निक्षेप खातामा दिने ब्याजदर बैंक तथा वित्तीय संस्थाहरूले  घटाउन थालेका छन् । नेपाल बैकर्स संघमा जुटेको सहमति अनुसार वाणिज्य बैंकहरूले बचत खाता तथा मुद्दती निक्षेपमा दिने ब्याजको सीमा घटाउन शुरु गरेका हुन् । आजैमात्रै  नेपाल बैंक लिमिटेडले आगामी वैशाख १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएर नयाँ ब्याजदर तालिका सार्वजनिक गरेको छ ।

नेपाल बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर तालिका अनुसार सबैप्रकारका निक्षेपमा एक देखि डेढ प्रतिशत ब्याजदर घटाइएको छ । मुद्दती निक्षेपको अधिकतम ब्याजदर सीमा ९. २५ प्रतिशतबाट घटाएर ८. २५ प्रतिशत कायम गरिएको छ ।

त्यसमध्य संस्थागत निक्षेपको ब्याजदर ८. ५० प्रतिशतबाट घटाएर ७ प्रतिशतमा झारिएको छ । बचत तर्फ यस अघि ४ देखि ६ प्रतिशतसम्मको सीमालाई घटाएर ३ देखि ५ प्रतिशतमा झारिएको नेपाल बैंकका प्रकाशकुमार अधिकारीले जानकारी दिए ।

आधार दर घट्ने देखिएपछि  हामीले निक्षेपको ब्याजदर घटाएका हौं,’ अधिकारीले भने यो ब्याजदर आगामी वैशाख १ गतेदेखि लागू हुनेछ ।’ गत पुसको तुलनामा बैंकको आधार दर घट्ने देखिएपछि हामीले कर्जाको ब्याज दर समेत घटाउने  गरी बचत र मुद्दती दबै निक्षेप खाताको ब्याजदर घटाएको अधिकारीले जानकारी दिए ।

पुसमा ७. ८२ प्रतिशत रहेको नेपाल बैंकको आधार दर चैतमसान्तमा केही घट्ने समेत देखिएको उनले जानकारी दिए । ‘यसका साथै अहिले कर्जाको माग कम छ,’ उनले थपे ‘निक्षेप घटेको छैन ।’

नेपाल बैकर संघले केहि दिन अघि मात्रै बचत तथा मुद्दती खाताको ब्याजदर घटाउने गरी भद्रसहमति गरेको छ । सो सहमतिअनुसार बचत तथा मुद्दती खाताको ब्याजदरको माथिल्लो सीमा क्रमशः ५. ५ प्रतिशत र ८. २५ प्रतिशत कायम गरिने छ ।  सोही अनुसार बैंकहरूले धमाधम नयाँ ब्याजदर तालिका  सार्वजनिक गर्न थालेका हुन् ।

मुद्दती खातामा ८. २५ प्रतिशत सीमा तोके पनि शाखा प्रबन्धकले ०. ५० ( आधा ) प्रतिशतसम्म ब्याजदर बढाउन सक्ने व्यवस्थालाई यथावत राखिएको छ । यसो हुँदा अब वाणिज्य बैंकमा निक्षेप राख्दा अधिकतम ८.७५ प्रतिशत भन्दा बढी ब्याज पाइने छैन ।

वाणिज्य बैंकहरूले ब्याजदर घटाएसँगै विकास बैंक तथा वित्त कम्पनीहरूको ब्याजदर समेत घटने सम्भावना रहेको छ । विकास बैंक तथा वित्त कम्पनीहरूले अहिले वाणिज्य बैंकहरू कै ब्याजदरलाई सन्दर्भ दर मानेर आफ्नो क्षेत्रको ब्याजदर निर्धारण गर्दै आएका छन् ।

नेपाल बैंकले तेस्रो त्रैमासपछि कर्जाको ब्याजदर समेत समायोजन गर्ने गरी नयाँ ब्याज दर कायम गर्न लागेको हो । बैंकले वैशाखको आधार दर अनुरुप २०७७ जेठ पहिलो सातादेखि स्वदेशी मुद्राको कर्जाको ब्याजदर घटाउने बताएको छ ।

 

prabhu mahalaxmi
kumari