उद्योगी अग्रवाललाई ७ दिन हिरासतमा राख्न अनुमति

आर्थिक सञ्जाल चैत्र २६, २०७६ बुधबार
काठमाडौं । कालोबजारीको आरोपमा पक्राउ परेका जगदम्बा समूहका प्रबन्ध निर्देशक सुलभ अग्रवाललाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको छ ।
३ हजारदेखि पाँच हजार रुपैयाँसम्म पर्ने थर्मलगनलाई अग्रवालले १५ हजार रुपैयाँसम्म बिक्री गरिरहेको सूचनाका आधारमा उनलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलिले मंगलबार पक्राउ गरेको थियो । प्रहरीले उनको साथबाट ६७ थान थर्मलगन पनि बरामद गरेको थियो ।
कालोबजारीको आरोपमा पक्राउपरेकाले हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।
जगदम्बा ग्रुप नेपालका सबैभन्दा ठूलो उत्पादन मुलक उद्योगमा पर्छ । जगदम्बा स्टील, जगदम्बा सिमेन्ट लगायत ठूला उद्योग यो समूहले चलाउँदै आएको छ ।