stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

महालक्ष्मी विकास बैंकले कोरोना भाइरस (COVID 19) को लागि ५० लाख सहयोग

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र २६, २०७६ बुधबार

काठमाडौं । महालक्ष्मी विकास बैंकद्वारा कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि ५० लाखको आर्थिक सहयोग
महालक्ष्मी विकास बैंक लि. ले हाल विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (COVID 19) को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि जम्मा रु. ५० लाखको आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

बैकले संघीय सरकारलाई रु. १२ लाख, प्रत्येक प्रदेश सरकारलाई रु. ४ लाखका दरले रु. २८ लाख र विभिन्न स्थानिय क्षेत्रहरुमा रु. १० लाख सहयोग गर्ने भएको हो । बैंकले प्रदान गर्ने उक्त सहयोग केन्द्रीय सरकारलाई नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गरिने, प्रदेशहरुमा प्रदेश सरकारलाई हस्तान्तरण गरिने र स्थानिय तह हरुमा शाखाहरुसँग समन्वय गरि वितरण गरिने बैंकले जनाएको छ ।

यस असहज परिस्थितिमा उक्त सहयोगले कोरोना भाइरस संक्रमणको महामारी रोक्न, नियन्त्रण तथा संक्रमितहरुको उपचार गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले यस विषम परिस्थितिमा सम्पूर्ण जनतालाई घर भित्रै बसेर कोरोना संक्रमणबाट आफु बच्न र अरुलाई पनि बचाउन अनुरोध गरेको छ ।

prabhu mahalaxmi
kumari