stcnepal long ad
ime life insurance
national life
global ime bank long

बैंक अफ काठमाण्डूको पोखराको पावरहाउसमा नयाँ शाखा विस्तार

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमााडौं ।आज शुक्रबार बैंक अफ काठमाण्डूले पोखरा महानगरपालिका वडा नं ३०, पावरहाउस चोक स्थित पावर हाउसमा शाखा संचालनमा ल्याएको छ । लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय तथा बैंकका संचालक मोहना लोहनीले उक्त शाखाको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

शाखा उद्घाटन गर्दै बैंकका संचालक मोहना लोहनीले ग्राहकहरूको उच्चतम लाभलाई मध्यनजर गर्दै समय सुहाउँदो आवश्यक प्रविधिगत सेवाहरु उपलब्ध गराई उत्कृष्ट बैंकिङ्ग सेवा उपलब्ध गराउदै जानेमा बैंक प्रतिबद्ध रहेको जानकारी दीईन् ।

साथै, गण्डकी प्रदेशमा थप शाखा कार्यालयहरु पनि चाँडै संचालनमा ल्याउने योजना बैंकको रहेको जानकारी दीईन् । उक्त कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले बैंक अफ काठमाण्डू लिमिटेडलाई पावरहाउस क्षेत्रमा स्वागत गर्नुको साथै स्थानिय उद्योग ब्यावसाय क्षेत्र तथा स्थानिय सर्वसाधारणहरुको आवश्यकतालाई ध्यानमा राखि बैंकले सेवा प्रदान गर्ने विश्वास लेखनाथ उद्योग वाणिज्य संघले लिएको जानकारी दिए।

IME Lifesidebar
kumari