prabhu bank
shangrila development bank Long Ad
mega bank
century bank long ads

नेपाल एसबीआई बैंक र सिटी एक्सप्रेस मनि ट्रान्सफरबीच रेमिट्यान्स सम्झौता

civilbank long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल एसबीआई बैंक र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स सम्बन्धी सम्झौता भएको छ ।  सिटी एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र नेपाल एसबीआईका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देवले सो सम्झौतामा हस्ताक्षर गरेका हुन ।

सम्झौता अनुसार नेपाल एसबीआई बैंकको रेमिट्यान्स सिस्टमबाट आउने रकम सिटी एक्सप्रेस मनी ट्रान्सफरका १५ हजारभन्दा बढी सहायक प्रतिनिधिहरूमार्फत भुक्तानी हुनेछ र यस्तै, सिटी एक्सप्रेसमार्फत आएको रेमिटेन्स नेपाल एसबीआई बैंकको सम्पूर्ण शाखाहरूबाट भुक्तानी गर्ने सम्झौता भएको छ ।

सो सम्झौता मार्फत सम्पूर्ण देश तथा विदेशमा रहेका ग्राहकले सहज र सुलभ तरिकाले रेमिट्यान्स कारोबार गर्न सक्नेछन् ।

१६ वैशाख २०७९, शुक्रवार १७:०९ बजे प्रकाशित

nabil bank
stcnepal long ad
century bank long ads