stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

राष्ट्रिय वाणिज्य बैंकद्धारा कोरोना कोषमा एक करोड ५० लाख सहयोग

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र १९, २०७६ बुधबार

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयद्धारा स्थापना गरिएको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक करोड ५० लाख रुपैंया आर्थिक सहयोग गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विश्वव्यापी महामारी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई फैलिन नदिन तथा सो को रोकथाम एवम् नियन्त्रणको लागि बैंकले उक्त कोषमा रकम जम्मा गरेको जनाएको छ ।  राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय सिंहदरबार परिसरमा रहेको कोषको खाता नम्बर १९६०००००११०१ मा सो रकम जम्मा गरिएको हो ।

लकडाउनको यस विषम परिस्थितिमा पनि बैंकले आफ्ना ग्राहकहरुलाई देशव्यापी एटिएम सेवा, नगद काउन्टर, रेमिट्यान्स, क्लियरिङ्ग, एलसी लगायत बैंकिङ्ग सेवा प्रदान गर्दै आएकोे छ । बैंकले २०७७ आषाढ मसान्तसम्मको लागि जुनसुकै बैंकको एटिएम कार्ड प्रयोग गर्दा ग्राहकलाई शुल्क नलाग्ने, मोवाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग आदिमा समेत शुल्क नलाग्ने व्यवस्था गरेको छ ।

सातैवटा प्रदेश सरकारद्धारा कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचारको लागि रकम जम्मा गर्न राष्ट्रिय वाणिज्य बैंकको विभिन्न शाखा कार्यालयहरुमा कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोष खाता समेत सञ्चालन गरेको छ । उक्त खातमा मोवाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग लगायत विद्युतिय माध्यमबाट पनि रकम जम्मा गर्न सकिने बैंकले जनाएको छ ।

१. १ नम्बर प्रदेश सरकारद्धारा संचालन भएको प्रं–१ कोरोना जन सुरक्षा कोषको
खाता नम्बरः २१२०००५८८१०१, शाखा कार्यालय बिराटनगर

२. २ नम्बर प्रदेश सरकारद्धारा संचालन भएको कोरोना भाइरस नियन्त्रण तथा उपचार  कोषको
खाता नम्बरः १२२०५०३०००००१, शाखा कार्यालय जनकपुर

३. बागमती प्रदेश सरकारद्धारा संचालन भएको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषको
खाता नम्बरः १३००५०३०००००२, शाखा कार्यालय हेटौंडा

४. गण्डकी प्रदेश सरकारद्धारा संचालन भएको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषको
खाता नम्बरः ३०२०००१८८३०१ शाखा कार्यालय पृथ्वीचोक

५. ५ नम्बर प्रदेश सरकारद्धारा संचालन भएको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषको
खाता नम्बर ३१२०५०३०००३०१, शाखा कार्यालय बुटवल

६. कर्णाली प्रदेश सरकारद्धारा संचालन भएको प्रदेश विपत व्यवस्थापन कोषको
खाता नम्बर ४०८०५०३००००००, शाखा कार्यालय सुर्खेत

७. सुदूर पश्चिम प्रदेश सरकारद्धारा संचालन भएको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषको
खाता नम्बरः ४१७०५०३०००००३ शाखा कार्यालय धनगढी

 

राष्ट्रिय वाणिज्य बैंकद्धारा कोरोना कोषमा एक करोड ५० लाख सहयोग

 

prabhu mahalaxmi
kumari bank
kumari