लायन्स क्लवबाट सहयोग
आर्थिक सञ्जाल चैत्र १९, २०७६ बुधबार
काठमाडौं । गत चैत १६,१७ र १८ गते लायन्स क्लब अफ काठमाडौले कोरोना भाइरसको संक्रमण विरुद्ध सरकारले लगाएको लगडाउनको कारण काम गर्न नपाई बिहान र बेलुका खाना खान नपाएका असहाय, वृद्धावृद्ध,अशक्त, अपाङ्ग र असहाय वालवालिकाहरूलाई खाधान्न सहयोग गरेको छ ।
चैत १६ गते बुढानिलकण्ठ न पा वडा नम्बर ११ को रोहिग्या शरणार्थी, चैत्र १७ गते अपाङ्ग पुनर्स्थापना केन्द्र गोकर्ण, नयाँ जीवन नेपाल नारायणटार, हाम्रो सुनौलो संसार गोकर्ण, पवित्र समाज सेवा नेपाल बुढानिलकण्ठ र अपाङ्ग सेवा केन्द्र तारकेश्वर एक महिनालाई पुग्ने खाधान्न सहयोग गरेको छ ।
चैत १८गते बुद्धिष्ट होम नारायणटार, द ट्विन्स अटरस् फाउण्डेश कपन, रामघाट हेल्थ पोष्ट पशुपति, र नवकिरण अनाथ असहाय बालउत्थान समाज धापाखेललाई खाधान्न सहयोग गरेको अध्यक्ष अनन्त कुमार भेटुवालले बताएका छन् ।