stcnepal long ad
global ime bank long

एनआईसी एशियाका ग्राहकलाई दराज अनलाइनबाट सामान खरिद गर्दा १०% छुट

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र १८, २०७६ मंगलबार

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडका ग्राहकहरूले दराज अनलाईनमा रहेको बिग मार्टबाट उपलब्ध हुने दैनिक खाद्यान खरिद गर्दा खरिद रकमको १० प्रतिशत वा अधिकतम रू ५०० सम्म छुट पाउने भएका छन् ।

ग्राहकलाई छुट दिने सम्बन्धी बैंक र दराज बीच समझदारी भएको छ । यो योजनामा सहभागी हुन चाहने एन आई सी एशिया बैंक लिमिटेडका ग्राहकहरूले २०७६ चैत्र १८ गते देखि चैत्र २६ गतेसम्म दराज डट कम डट एनपी मा गई बिग मार्गका सामानहरू अनलाइन खरिद गर्नुपर्ने हुन्छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि सरकारले भिडभाड कम गर्न आह्वान गरिरहेको अवस्थामा विद्युतीय बैंकिङ्ग माध्यमहरू प्रयोग गरी ग्राहकहरूलाई घरबाटै खाद्यान लगायतका अति आवश्यक सामान खरिद गर्न प्रोत्साहन स्वरुप बैंकले यस्तो योजना ल्याएको जनाएको छ ।

IME Lifesidebar
kumari