stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

विपतमा परेका जनताको उद्दार गरौ

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

 

आर्थिक सञ्जाल चैत्र १८, २०७६ मंगलबार

काठमाडौं । विश्वव्यापीरुपमा कोभिड १९ काे महामारी फैलिएकाे छ। त्यसकाे असर नेपालमा पनि देखिएपछि मुलुक दुई साता लामाे बन्दबिच (लकडाउन ) काेराेनासङ्ग जुध्ने अभियानमा जुटेकाे छ।

याे महामारी विरुध्द राष्ट्रिय एकताकाे खाँचो छ र त्यसमा सरकार पक्ष बिशेष रुपमा गम्भीर हुन जरुरी देखिन्छ । यसकाे निम्ति सरकारले देशमा क्रियाशिल सबै राजनीतिक दलकाे विश्वास जुटाएर अघि बढ्ने र निजी अस्पताल ,एनजीओ-आईएनजीओ, व्यापारी,उद्योगपति लगायतलाई एकद्वार प्रणाली मार्फत परिचालन गर्ने।

अहिले सरकार माथिकाे जनविश्वास कमजोर बनेकाे छ। आज भाेली सरकार सम्बद्ध ब्यक्तिहरु नागरिक जिज्ञासाकाे जवाफ दिनुकाे साटाे प्रतिवादमा उत्रिने गरेका छन्।

यसले उनीहरुलाई झन कमजोर बनाउने निश्चित छ ।सरकारी अस्पताल ,प्रहरी प्रशासन , सीमा सुरक्षा अधिकारी , जनप्रतिनिधिहरुका भूमिका ,ब्यवहार र क्षमतामाथि प्रश्न चिह्न लागेकाे अवस्था छ।

यस्ताे परिस्थितिमा मुलुकभित्र र बाहिर अलपत्र परेका सम्पूर्ण नागरिककाे उद्धार र व्यवस्थापन गर्न ढिलो भैसकेकाे छ। सरकारी आदेश नमान्ने निजी अस्पतालहरुलाई कारबाहीकाे दायरामा ल्याउनु पर्छ।अघिपछि बर्खे च्याउ उम्रेझैँ देखापर्ने एनजीओ र आईएनजीओलाई निश्चित कार्यादेश मार्फत काममा लगाउने।

मानव अधिकारकाे नाममा ठुला भाेजभतेर गर्नेहरुकाे खाेजी गरेर नेपालीहरुकाे बाँच्ने अधिकारकाे पक्षमा उनीहरुलाई काम गर्न लगाउने। यस बाहेक सबैले आ-आफ्नाे क्षेत्रबाट र सरकारले सम्पूर्ण राज्यशक्तिलाई महामारी बिरुध्दकाे अभियानमा एकताबद्ध गर्न सकेमात्र नेपाली जनजीवन सुरक्षित हुनेछ।#ढिलाे नगरौ-बाँच्ने र बचाउने साझा अभियानमा ऐक्यबद्धता कायम गरौ। पस्तुत चक्रपाणी शर्मा

prabhu mahalaxmi
kumari