stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

परिसंघद्वारा सरकारको कदमको स्वागत

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल चैत्र १८, २०७६ मंगलबार

काठमाडौं । नेपाल उद्योग परिसंघले कोभिड–१९ का कारण नाजुक बनेको अर्थतन्त्रलाई जोगाइराख्न नेपाल राष्ट्र बैंकले चालेका कदम स्वागतयोग्य भएको जनाएको छ ।

परिसंघले एक विज्ञप्ति जारी गर्दै परिसङ्घले मैद्रिक नीतिमा गरिएका निश्चित परिवर्तनले अर्थतन्त्रमा तरलता बचाई राख्न सहयोग पुग्ने विश्वास लिएको जनाएको छ । “विभिन्न समयमा परिसंघले उठाउँदै आएका विभिन्न विषयलाई नेपालको केन्द्रिय बैंकले मनन गरेको छ, यसले निश्चितरूपमा निजी क्षेत्रको मनोबललाई जोगाइ राख्न मद्दत पुग्ने हाम्रो विश्वास छ”, परिसङ्घले भनेको छ ।

सरकारले गरिब परिवार तथा दैनिक ज्यालादारी गर्ने वर्गलाई राहतको व्यवस्था गर्ने निर्णय गरेकामा स्वागत गर्दै परिसङ्घले सरकारको उक्त कदमलाई सकारात्मक रूपमा लिएको जनाएको छ ।

हाललाई अल्पकालीन राहतको व्यवस्था गरी सरकारले मध्य तथा दीर्घकालीन राहतसमेत ल्याउने परिसंघलेले विश्वास लिएको छ । नेपालको अर्थ व्यवस्थालाई जोगाइराख्न सरकारसँग निकै ठूलो अपेक्षा गरिएको समयमा राहतको घोषणा भएको परिसंघलेले जनाएको छ ।

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

 

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long