stcnepal long ad
ime life insurance
national life
global ime bank long

वाणिज्य बैंकहरुको निक्षेप घट्यो, कर्जा बढ्यो

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । पछिल्लो समय वाणिज्य बैंकहरुको निक्षेप संकलन लगातार घटिरहेको पाइएको छ। नेपाल बैंकर्स एसोसिएसन (एनबीएल) ले सार्वजनिक गरेको तथ्यांकबाट यस्तो देखिएको छ। कात्तिक महिना यता वाणिज्य बैंकहरुको निक्षेप ३१ अर्ब रुपैयाँले घटेको देखिएको छ।

गत असोज ३१ गतेसम्म कुल निक्षेप ४२ खर्ब ६९ अर्ब रुपैयाँ रहेकोमा कात्तिक १७ गतेसम्म घटेर ४२ खर्ब ३८ अर्ब रुपैयाँमा झरेको छ। कात्तिक १३ गतेदेखि कात्तिक १७ गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप ९ अर्ब रुपैयाँले घटेको एनबीएको तथ्यांकले देखाएको छ।

यसैगरी कात्तिक महिना यता वाणिज्य बैंकहरुले २७ अर्ब रुपैयाँ कर्जा लगानी गरिसकेका छन्। गत असोज ३१ गतेसम्म कुल कर्जा लगानी ३९ खर्ब ९८ अर्ब रुपैयाँ रहेकोमा कात्तिक १७ गतेसम्म बढेर ४० खर्ब २५ अर्ब रुपैयाँ पुगेको एनबीएले जनाएको छ। गत कात्तिक १३ गतेदेखि कात्तिक १७ गतेसम्मको अवधिमा बैंकहरुले ७ अर्ब रुपैयाँ लगानी गरेको देखिएको छ।

prabhu mahalaxmi
kumari