citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

पशुपतिनाथ–काशी विश्वनाथ अमृत महोत्सव मोटरसाइकल ¥याली

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । श्री पशुपतिनाथ मन्दिरका श्रद्घेय मूल भट्टको समुपस्थितिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री  प्रेम बहादुर आले तथा भारतीय राजदूत  विनय मोहन क्वात्राले पवित्र पशुपतिनाथ मन्दिरबाट “पशुपतिनाथ–काशी विश्वनाथ अमृत महोत्सव मोटरसाइकल ¥याली” को आज संयुक्त रुपमा शुभारम्भ गर्नुभयो ।

¥यालीमा करिब ५० भारतीय तथा नेपाली मोटरसाइकल प्रेमीहरुको सहभागीता थियो । भारत र नेपालका जनताबीचको अटुट र अनन्त सम्बन्धलाई उजागर गर्ने र पारस्परिक सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउने ¥यालीको उद्देश्य रहेको छ ।

साथै हाम्रा दुई देशका साझा धार्मिक तथा सांस्कृतिक सम्पदाका बारेमा युवाहरुमाझ जनचेतना फैलाउने उद्देश्य पनि ¥यालीको रहेको छ ।  कार्यक्रममा माननीय मन्त्री आलेले भारत र नेपाल बीचको सदियौं पुरानो सांस्कृतिक सम्पदा र सभ्यताको सम्बन्धको बारेमा बताउनुका साथै मोटरसाइकल ¥यालीका सहभागीहरुलाई यात्राको सफलताको लागि शुभकामना दिनुभएको थियो ।

भारतीय राजदूतले काठमाडौं र काशीबीच विशेष सम्बन्ध रहेको र दुई देशका जनतालाई अझ निकट ल्याउन पशुपतिनाथ र काशी विश्वनाथ जस्ता प्राचीन मन्दिरले खेलेको भूमिका बारे बताउनुभयो ।

सो ¥यालीका सहभागीहरुले कार्तिक २७ गते वनारसमा अवस्थित काशी विश्वनाथ मन्दिरको भ्रमण गरी सरसफाई एवम् स्वच्छताको सन्देश फैलाउन दशाश्वमेध घाटमा पूजा गरी स्वच्छता श्रमदान अर्पण गर्नेछन् ।

यात्राका क्रममा ¥याली महात्मा गान्धीले भारत स्वतन्त्र संग्रामको बेला चम्पारण सत्याग्रह आरम्भ गरेको स्थान मोतिहारी, भगवान बुद्धले पहिलो प्रवचन दिएको स्थल सारनाथ, भारत र नेपालका धर्मावलम्बीहरुको एक प्रख्यात धार्मिक स्थल गोरखनाथ मठ जस्ता विभिन्न ऐतिहासिक स्थल हुँदै अघि बढ्नेछ । यात्राका झलकहरु दूतावासको सामाजिक सञ्जालमा हेर्न सकिनेछ ।
स्वतन्त्र भारतको ७५ वर्ष र भारतीय जनताको उल्लेखनीय प्रगतिको इतिहासको स्मरण तथा उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘आजादीका अमृत महोत्सव’ अन्तर्गत काठमाडौंस्थित भारतीय राजदूतावासले रोयल इनफिल्ड काठमाडौंसँगको सहकार्यमा यस ¥यालीको आयोजना गरेको हो ।

 

himalayan life insurance
igi long