stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

वाणिज्य बैंकको परीक्षा शुल्क खल्तीबाट भुक्तानी गर्न सकिने

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

राष्ट्रिय वाणिज्य बैंकको परीक्षा शुल्क खल्तीबाट भुक्तानी गर्न सकिने
काठमाडौं ।  कर्मचारीको लागि राष्ट्रिय वाणिज्य बैंकले दरखास्त आब्हान गरेको छ । राष्ट्रिय वाणिज्य बैंकले धेरै पदका लागि माग गरेको कर्मचारी पदपूर्ति आवेदनको परीक्षा शुल्क ‘खल्ती डिजिटल वालेट’ बाट भुक्तानी गर्नका लागि खल्तीसँग सम्झौता गरेको छ ।

राष्ट्रिय वाणिज्य बैंकले विभिन्न पदमा ८०० बढी कर्मचारीका लागि आवेदन आह्वान गरेको छ। सो पदमा बैंकको वेबसाइट https://recruitment.rbb.com.np/ बाट अनलाईन आवेदन दिन सकिन्छ ।

अनलाइन मार्फत आवेदन फाराम भरेपछि परिक्षा शुल्क भुक्तानी आफ्नो युजरनेम र पासवर्ड हालेर लग९इन गरेपछि ‘खल्ती’ छनौट गरी तोकिएको शुल्क भुक्तानी गर्न सकिने बैंकले जनाएको छ।

खल्ती डिजिटल वालेट नेपालको लोकप्रिय पेमेन्ट गेटवे हो । ‘खल्ती’ को प्रयोग गरी ६०ं बैंकमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्स को टिकट खरिद, होटेल रुम बुकिङ गर्ने, इ–कमर्स मार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ ।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long